Contact Form

Name

Email *

Message *

Monday, September 1, 2014

आइबिएन टिमको साप्ताहिक कार्यक्रम सम्पन्न

न्युरोड पोखरा 

अनलाइन बिजनेशलाई नेपालमा स्थापित गराउने उद्धेश्यले यूवाहरुद्धारा खोलिएको संस्था इन्टरनेट बिजनेश नेपाल आइबिएन टिमले साप्ताहिक कार्यक्रम गत बिहिबार पोखरामा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा यो हप्ता अनलाइन बिजनेशमा काम गर्न सक्षम दुई युवाहरु बिर बहादुर दराई र रामु दाहाल लाई आइबिएन टिमको प्रमाण पत्र सहित २५÷२५ डलरको चेक बितरण गरेका थिए । प्रमुख अतिथि यूवा उद्यमी तथा प्रशिक्षक लोक दुरा मार्फत उक्त चेक तथा प्रमाण पत्र बितरण गरेका थिए । 

“इन्टरनेट मार्केटिङ भनेका नयाँ अवधारण बोकेको नयाँ ब्यापार प्रणाली हो । यो नयाँ प्रणाली अबको यूवाहरुले अवलम्बन गर्नुपर्छ” भन्दै यूवा उद्यमी लोक दुराले जानकारी दिए । आइबिएनसंग जोडिएर बिदेशको काम नेपालबाटै इन्टरनेटको माध्यमबाट गर्न पाएकोमा रामु दाहालले खुशी ब्यक्त गरेका थिए । बैदेशिक रोजगारमा अनुभव संगालेका बीर बहादुर दराईले इन्टरनेटको माध्यमबाट पनि काम गर्न सकिन्छ भन्ने बिश्वास पनि थिएन तर आइबिएनसंग जोडिएपछि त्यो सत्य साबित भयो भन्दै आफ्नो बिचार राखेका थिए । 

आइबिएनले अमेरिकाको विभिन्न अनलाइन बिजनेश कम्पनीहरुसंग सहकार्य गरेर नेपालमा बेरोजगारी यूवाहरुलाई उपयूक्त तालिम दिई स्वरोजगार प्रदान गर्ने कार्यक्रम अगाडि बढाइरहेको छ । यसलाई भबिष्यमा निरन्तरता दिदै यूवाहरुलाई अवसर दिइरहने र अनलाइन बिजनेशलाई सहज रुपमा फस्टाउने उद्धेश्य बोकिरहेका जानकारी आइबिएनका संयोजक सञ्जीब शाहले बताए ।

No comments:

Post a Comment