Contact Form

Name

Email *

Message *

Monday, September 1, 2014

आइबिएनबारे बुझ्न चाहानेहरुलाई संक्षिप्त जानकारी

आइबिएन के हो ? नेटवर्किङ ब्यापार गर्ने कम्पनी हो ? अनलाइन जागिर दिने संस्था हो ? कति पैसा तिर्नुपर्छ ? मेम्बर बन्नै पर्ने हो ? पैसा तिरेपछि महिनाको कति आउछ भनेर दैनि सोध्ने यूवाहरु कम्ति छैनन् आजकल । इन्टरनेटको माध्यमबाट । अफिसमा पुरानो कमसल टेबल, एउटा मुनिको पाङग्रा खुस्केको कुर्सि, केहि पुरानो कार्पेट, सस्तो झ्यालको पर्दा सहितको एक साँघुरो कोठा जसलाई आइबिएनको अफिस भनेर नामाकरण गरिएको छ । त्यहाँ आएर बुझ्नेहरु पनि कम्तिका होइनन् । कति साथीहरुको बाध्यताले पनि त्यहाँ बुझ्न आउछन् । कतिले चासो दिएर पनि बुझ्न आउछन् । दैनिक ३ देखि ६ जना बढिले कम्तिमा आवद्ध भइरहेका हुन्छन् । मनमा एककिसीमको कन्फ्युजन लिएर पनि कतिपय पछिसम्म सोधिरहन्छन । हाम्रो पैसा फस्ने त होइन भन्दै ।

खुशीको कुरा के छ भने छोटो समयमा पनि धेरै ब्यक्तिहरुले आइबिएनमा आवद्ध भई काम गर्न इच्छा जाहेर गरिरहेका छन् । तर आइबिएनले केहि समयको पर्खाइ लिएर कुराइरहेको पनि साँचो हो । तर अब यो पर्खाइ तोडिएको छ । केहि दिनभित्रै आइबिएनले केहि सुभ समाचारहरु पस्किरहेको छ ।

आइबिएन कम्पनी होइन । यो एक अनलाइन स्वरोजगार तालिम दिने केन्द्र भनेर बुझे हुन्छ । न त यसले नेटवर्क ब्यापार नै गर्छ । नेटवर्क ब्यापार त केलाई भनिन्छ । यो हामीले बुझेकै छैनौ । यति बुझेको छौ । संसारमा त नभनिहालौ, नेपालमा नेटवर्क ब्यापार त अबैध छ । यो गर्नु भनेको अपराध गर्नु सरह हो ।

आइबिएनमा जो सदष्य बन्छ । उसले अनलाइन बिजनेशमा आवश्यक परामर्श पाउँछ । आवश्यक तालिम पनि पाउँछ । र सक्षम पढेलेख्या बेरोजगार यूवाले आफ्नो योग्यता र सीप अनुसारको अवसर पाउँछ । तर जो सदष्य बन्छ । जसले परामर्श पनि राम्ररी लिदैन । जो तालिम पनि चाँसो पुर्बक लिदैन । र जो सदस्य शुल्क तिरेर मासिक हजारौ कमाउने सपना बोकिराख्छ । त्यो सिर्फ सपना मात्र हो । त्यो आइबिएनको सदस्य त होला तर आम्दानी गर्ने ब्यक्ति पर्दैन । यहाँ काम सबैलाई बराबरी पर्छ । भनौ आइबिएन अफिस र आइबिएनमा सिक्न आउने बिद्यार्थी बिच केहि अन्तर छैन । यानिकी अफिसले पनि उहि बिद्यार्थी जति नै काम गर्नुपर्छ ताकि आइबिएन अफिस स्वयं अमेरिकन कम्पनीमा काम गर्दछ ।

आइबिएनमा आएर परामर्श निःशुल्क रुपमा प्राप्त गर्न सकिन्छ । अहिले त अनलाइनको माध्यमबाट यानिकी स्काइपको माध्यमबाट पनि सम्पुर्ण जानकारी प्राप्त गर्न सक्दछ । जोशुकैले । पोखरा आसपास रहने यूवाहरुको लागि सम्पर्क कार्यलय पनि हामीले बन्दोबस्त गरिसकेको छौ ।

आइबिएन एउटा अमेरिकन इन्टरनेट एफिलेट मार्केटिङ कम्पनीमा कार्य गर्ने सदस्य हो । जहाँ अन्य नेपाली बेरोजगार यूवाहरुलाई पनि उक्त कम्पनीको बारेमा राम्रो जानकारी, तालीम र सुबिधासहित उक्त कम्पनीमा आवद्ध गराई स्वरोजगार प्रदान गर्दछ । अनलाइनबाट कसरी काम गर्न सकिन्छ ? अनलाइन बिजनेश भनेको के हो यो सम्बन्धि केहि नयाँ अनुभब प्राप्त गर्दछ । अनलाइन बिजनेशबाट काम गरेर के को माध्यमबाट पैसा झिक्न सकिन्छ यसको बारेमा ब्यापक जानकारी गराई आम्दानी समेत गर्ने बाटो देखाइदिन्छ ।

बिश्वब्यापी रुपमा चल्न सक्ने अनलाइन पेमेन्ट गेटवेको बारेमा समेत तालिम उपलब्ध हुन्छ । अनलाइन मास्टरकार्ड समेत अमेरिकाको कम्पनीमा दर्ता गरी सबै आइबिएन सदस्यलाई उपलब्ध गराई सुबिधा दिने गरेको छ ।
सामाजिक सञ्जाल फेसबुक त प्रयोग गर्छन् सबैले । तर त्यहि फेसबुकलाई सहि तरिकाले उपयोग गरेर कसरी पैसा कमाउन सकिन्छ । त्यसको बारेमा तालिम दिएर फेसबुक नै प्रयोग गरी आम्दानी गर्ने अवसर आइबिएनले प्रदान गर्दछ । यसैगरी ट्विटर, लिन्कदेह, जस्ता अन्य सामाजिक सञ्जाललाई प्रयोगमा ल्याएर काम गरी कमाउने अवसर प्रदान गरिदिने जर्मको आइबिएनले गर्दछ ।
अर्को महत्वपुर्ण कुरा ब्लग भनेको के हो ? ब्लगमा कस्तो कुरा लेखिनुपर्छ । किन लेखिनुपर्छ । ब्लग कसरी बनाउने । डिजाइन देखि लिएर यसमा ब्यवसायीक रुपमा लेखेर कसरी अनलाइन बिजनेश गर्ने यो पनि आइबिएनले सिकाउने गरेको छ ।
इन्टरनेटमा त आम्दानी गरिएला । ताकि बिजनेश गरेर । तर त्यहाँ कमाएको पैसा कसरी झिक्न सकिन्छ त ? के इन्टरनेट एकाउन्टमा डलर मात्र लेखेर केहि होला त ? इन्टरनेश्नल पेमेन्ट एकाउन्ट कसरी निर्माण गर्ने ताकि कसरी खोल्न सकिन्छ ? कसरी त्यसलाई प्रयोगमा ल्याउने साथै नेपालको लोकल पेमेन्ट एकाउन्ट (इसेवा) कसरी खोल्ने र इन्टरनेटमा कमाएको पैसा कसरी इसेवामार्फत झिक्ने यो समेत आइबिएनले सिकाउने गरेको छ ।


यसको तालिम शुल्क कति होला ? लाखौ नै लाग्ला कि ? भनेर तर्सिनेहरु पनि कम्ति छैनन् । हामी यूवाहरुको मस्तिष्कमा केहि पाउनलाई केहि गुमाउनु पर्छ भन्ने सोच भन्दा नि डर बढि छ । भय बढि छ । त्रास छ । यो हुनु म चाहि अत्यन्त स्वभाविक ठान्छु । बिगतमा पनि धेरैले कति पैसा डुबाए यस्तो अनलाइन बिजनेशको नाममा ।
मैले आफुले पनि नडुबाएको पनि कहाँ हो र ? इन्डियाको २०११ मा स्थापित अनलाइन सर्भे कम्पनी स्टार न्युजको बबन्डरले मेरो गाउँबाट लिएको २ लाख ऋण चिलिम त भयो नै । मैले सिफारिस गरेर लगानी गर्ने मेरो साथीहरु पनि लाखौ डुबेको घटनाहरु मन मनमा टिन टिन बजिरहेको छ । संझिल्याउँदा मेरो ऋणको चुकचुकी उत्ति नै छ । अरु साना तिना २०, ५०, १०० डलरका लगानी को त लेखाजोखा नै छैन । रात दिन अनलाइनमा घोटिएर महिनौ, बर्षौ लाएर अनलाइन बिजनेश कम्पनीहरुको ढोका ढक्ढकाउदा इन्टरनेट जोड्ने कम्पनीलाई इन्टरनेटको बिल तिरेर पालेको पनि कम्ति होइन ।

के सोचियो भने धेरै पैसा लगानी गरेर धेरैको आशा बोक्नु अनि अनेक सपना देख्नु(ज्ष्नज च्ष्कप ज्ष्नज न्बष्ल० सबैभन्दा बढि मुर्खता रहेछ । हुन त मेरा आइबिएनका अधिकांश साथीहरुले अन्य धेरै कम्पनीहरुमा लगानी गरेर दुई पाँच हजार पैसा फसाएको पनि धेरै सुन्नु परेको छ  । हामी बिद्यार्थीहरुको लागि त्यो पैसा धेरै ठुलो हो । यसमा म ढाडस दिनु सिवाय अरु के नै सकुला र । र मैले अत्यन्तै सजिलो र भरपर्दो कम्पनी, कम्पनीको मालिक, कम्पनीमा राम्रो सफल ब्यक्तिहरु चहार्दा चहार्दा राम्रो प्लेटफर्म पाए अनि मैले त्यहि गर्ने निर्णय ढिलो गरी गरे ।

सिक्न आउने ब्यक्तिहरुलाई रु.५००० भन्दा बढि तालिम शुल्क लिने गरिएको छैन । जसमा सबै थोक सेवा सुबिधा प्राप्त गर्नेछ । अहिले त झन् त्यसमा पनि आधा अलिकति कम छुट दिएर तालिम दिइरहेको छु । त्यति पैसा तिर्दैमा मात्र पैसा आउने कतिपनि होइन । त्यति पैसाले मासिक कम्तिमा दश हजार जति आम्दानी गर्ने प्लेटफर्म चाहि दिइन्छ ।

काम सबै गाह्रो । तर गर्न जाने हदै सजिलो पनि हो । मेहनतबाट डराउनेहरु जहिले पनि पछि नै हुन्छन् । मलाई यसमा केहि भन्नु छैन ।

आइबिएनको मोटामोटी कुराहरु यहि हुन् । बाकी कुरा यहाँ फर्म भरि पठाउनुस् । त्यसपछि बाँकी हामी आफै तपाईलाई फोन गरी राम्ररी प्रत्यक्ष पनि बताउन सक्छौ । इच्छुकले सम्पर्क गरे खेर जादैन । 
आइबिएनको बारेमा काम नगरे पनि पढेर जानकारी लिनुभयो । जसको लागि धन्यवाद । तपाईले नगरे पनि अन्य साथीहरुको लागि यो फाइदाजनक होला । अरुलाई सेयर गरी बेरोजगार साथीहरुलाई तपाईमार्फत सेयर गरेर अवसर दिन पनि कञ्जुस नगरीदिनुस् ।
धन्यवाद ।



No comments:

Post a Comment